काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद वैशाख २१ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । यस कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।
यसमा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटल काठमाडौं र विराटनगरबाट आवेदन दिन सकिनेछ । साथै नेको इन्सुरेन्सका शाखा कर्यालयबाट पनि आवेदन दिन सकिनेछ ।



































