National life

नेको इन्स्योरेन्सको नाफामा सामान्य गिरावट,खुद बीमाशुल्क आर्जन १ अर्ब ६६ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
582Shares
नेको इन्स्योरेन्सको नाफामा सामान्य गिरावट,खुद बीमाशुल्क आर्जन १ अर्ब ६६ करोड
ncell

काठमाडौं। नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

कम्पनीले गत आवको चौथौ त्रैमाससम्म ६८ करोड ५७ लाख रुपैयाँबरारको खुद नाफा आर्जन गरेको छ । यो रकम कम्पनीले अघिल्लो आवमा आर्जन गरेको तुलनामा २.७४ प्रतिशतले कम हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको चौथौ त्रैमससम्म कम्पनीले ७० करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले यस समीक्षा अवधिसम्म १ अर्ब ६६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा ७.३३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा १ अर्ब ७९ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस समिक्षा अवधिमाको कम्पनीको प्रतिशेयर आम्दानी ९६ पैसा घटेर ३४ रुपैयाँ ७ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.५३ गुणा रहेको छ।

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ५५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ७८ लाख रुपैयाँ र अन्य इक्विटीमा ४९ करोड ९४ लाख रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?