काठमाडौं नेको इन्सुरेन्स कम्पनीले माघ १२ गते वार्षिक साधारण सभाको मिति सार्वजनिक गरेको छ । कम्पनीले यसवर्ष लाभांश वितरण नगरी बार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीको २८ औं बार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
नेको इन्सुरेन्सले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरी बार्षिक साधारणसभा आह्वान गरेको आज प्रकाशित सूचनामा उल्लेख छ । बार्षिक साधारणस सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक वित्तिीय विवरण पारित गर्नेछ ।
बार्षिक साधारण सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ । साधारणसभा सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
































