National life
cg eloctronics

नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५ हुँदै, प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
479Shares
नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५ हुँदै, प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने
ncell

काठमाडौं । नेपाल–चीनबीच दातृ सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा ‘नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५’ काठमाडौंमा आयोजना हुने भएको छ। फोनेक्स इन्स्पिरेशनले पहिलो पटक आयोजना गर्न लागेको उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।

सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्न आयोजित सम्मेलन साउन २ गते बिहान १० बजे नेपाल पुलिस क्लबको द ब्ल्यू पेविलियन, प्रदर्शनी मार्गमा हुनेछ। सम्मेलनमा चीनका लागि नेपाली राजदूत, सांसद अञ्जान शाक्य र चीनको इंह्वा एकेडेमी अफ थेन्चिनका प्रमुख लिन स्याङ्याङ सहभागी हुनेछन्। चीनको तर्फबाट महामहिम राजदूत छन सोङ विशेष आतिथ्यका रूपमा सहभागी हुनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फोनेक्स इन्स्पिरेशनका अध्यक्ष विनोद ब्लोनका अनुसार सम्मेलनको मुख्य उद्देश्य नेपाल–चीनबीचको भाषा र संस्कृतिको आदान–प्रदान गर्नु हो। "भाषा सिपमा दक्षता बढे रोजगारीको अवसर पनि विस्तार हुने विश्वास लिएका छौं," उनले भने।

उक्त अवसरमा चीनबाट आएका ७० जना विद्यार्थी तथा नेपालका ७० जना विद्यार्थी र शिक्षक सहभागी हुनेछन्। नेपाली टोली जुलाईको पहिलो साता चीन भ्रमण गरेर फर्किएको हो भने चिनियाँ टोली बुधबार (जुलाई १६) नेपाल आइपुगेको छ।

सम्मेलनमा दुई देशको संस्कृति झल्कने गीत, नृत्य, कविता लगायतका प्रस्तुति समावेश हुनेछन्। आयोजकका अनुसार यो सांस्कृतिक सम्मेलन नेपालमा आयोजना भएको तेस्रो संस्करण हो।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष कुमार पाण्डेले यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए । “नेपाल–चीन व्यापार विस्तार हुँदै गएकाले उद्यमी–व्यवसायीलाई पनि चिनियाँ भाषा सिक्न आवश्यक छ,” उनले भने।

फोनेक्स इन्स्पिरेशनले नेपालका विभिन्न विद्यालयमा चिनियाँ भाषा सिकाउने, चिनियाँ फिल्म तथा डकुमेन्ट्री नेपालीमा डब गर्ने एवम् साहित्यिक कृति नेपालीकरण गर्ने लगायतका काम गर्दै आएको छ।

"चिनियाँ भाषामा दक्ष व्यक्तिहरूले अनुवादक, डबिङ कलाकार र अन्य क्षेत्रमा रोजगारी पाएका छन्," अध्यक्ष ब्लोनले जानकारी दिए। हालै ‘हैरान’ नामक नेपाली चलचित्र चिनियाँ भाषामा डब गरिएको छ भने चिनियाँ टेलिफिल्म पनि नेपालीकरण हुँदै आएका छन्।

संस्थाले विद्यार्थी आदानप्रदान, शिक्षक तालिम, प्रधानाध्यापकहरूको भ्रमण तथा अनलाइन माध्यमबाट चाडपर्व, रहनसहन आदानप्रदानजस्ता कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। साथै चिनियाँ भाषा अध्ययनरत विद्यार्थीलाई मासिक रूपमा विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?