National life

नेपाल बैंकको नाफामा २ हजार प्रतिशतको वृद्धि,प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|०६ वैशाख २०८२, शनिबार
479Shares
नेपाल बैंकको नाफामा २ हजार प्रतिशतको वृद्धि,प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २ हजार ३२ प्रतिशत धेरै हो । गत वर्ष यस बैंकले १३ करोड नाफा कमाएको थियो ।

इम्पेयरमेन्ट चार्ज ३ अर्ब ६६ करोडबाट घटेर २८ करोड २८ लाख रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital
उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । त्यसैगरी, खुद ब्याज आम्दानी पनि ६ अर्ब ७७ करोडबाट बढेर ७ अर्ब १० करोड पुगेको छ ।

१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ । प्रतिशेयर आम्दानी २५.२६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २६०.७४ रुपैयाँ छ ।

बैंकको लाभांश वितरण क्षमता ३० करोड ६२ लाख रुपैयाँ छ । उक्त रकमबाट यस बैंकले २.७८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता छ ।

यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?