National life

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ माघ २०८१, मङ्गलबार
557Shares
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन पाइने
ncell

काठमाण्डौ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्कासनको बिक्री आवेदन खुलाएको छ।

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु १०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको छ ।

साथै, कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार ००० कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?