National life

नेपाल राष्ट्र बैंकले ४१ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
481Shares
नेपाल राष्ट्र बैंकले ४१ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

बैंकले साउन १६ गते देखि २०८१ साउन ११ गतेसम्मका लागि ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्न लागेको जनाएको छ ।

बैंकले उक्त रकम १ वर्षका लागि वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीमा राख्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वाणिज्य बैंकमा ३२ करोड ८० लाख, विकास बैंकमा ६ करोड १५ लाख रुपैयाँ र वित्त कम्पनीमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

मुद्दती निक्षेप लिनका लागि राष्ट्र बैंकले तोकेको मापदण्ड पुरा गरेको हुनुपर्ने छ । निक्षेपमा पैसा लिन बैंक तथा वित्तीय संस्था सञ्चालमा आएको २ वर्ष पुरा भएको, न्यूनतम पुँजीकोष अनुपात कायम गरेको, खराब कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
481SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?