National life

नेपाल लाइफको खुद नाफा बढ्यो ,जीवन बीमाकोषमा २ खर्ब १७ अर्ब भन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
701Shares
नेपाल लाइफको खुद नाफा बढ्यो ,जीवन बीमाकोषमा २ खर्ब १७ अर्ब भन्दा बढी
ncell

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १२.२६ प्रतिशत बढेको छ भने कुल आम्दानी १४.३५ प्रतिशत बढेको छ। समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १५.९४ प्रतिशत बढेको छ भने कुल खर्च १५.१० प्रतिशत बढेको छ। यस अवधिमा कम्पनीको जीवन बीमाकोष गत आवमा १ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९९ पैसा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७०.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?