National life

नेपाल लाइफद्वारा चेतनामुलक भिडियो सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
652Shares
नेपाल लाइफद्वारा चेतनामुलक भिडियो सार्वजनिक
ncell

काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम् जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ । “किनकी जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जस्तोसुकै परिस्थिति आएपनी बीमालेख सरेन्डर गर्नु हुदैन भन्ने सन्देश दिनको लागि यो भिडियो बनाएको हो ।

भिडियोमा जीवन र जीवन बीमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पिडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ । मुख्य पात्रको भुमिकालाई अलि पृथक तरिकाले प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई संगीत मार्फत व्यक्त गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामना सहित नेपाल लाइफले जीवन बीमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिंड्न तथा जीवन बीमा योजनालाई बिचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिंड्न समेत विशेष आग्रह गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले धेरैजसो मानिसले जनचेतनाको अभावको कारण बीमा सरेन्डर गरेको पाइएको हुनाले आम मानिसमा बीमा सरेन्डरले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर यो भिडियो सार्वजनिक गरिएको कुरा बताए । उनले गाह्रोसाह्रो पर्दा अन्य उपकरणहरू रहेको हुँदा आफ्नो सुरक्षित रहेको जीवनलाई असुरक्षित बनाउने काम नगर्न पनि सबैलाई आग्रह गरे । आगामी दिनमा पनि कम्पनीले बीमाको सचेतना अभिवृद्धि गर्न विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Link : https://www.facebook.com/share/v/nDS6gfLNTZkAWsGa/

 

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?