काठमाडौँ । नेपालको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले युनिग्लोबल ग्रुप अफ कम्पनी (शैक्षिक संस्थामा) लगानी हाल्ने भएको छ ।
कम्पनीले युनिग्लोबलको छाता संस्था प्रोफेसनल एजुकेशनस् लि.मा ३५.३२ प्रतिशत सेयर स्वामित्व रहने गरी ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ र युनिग्लोबल हाइयर सेक्टरी स्कुल काठमाडौँ लि।
कम्पनीले युनिग्लोबलको छाता संस्था प्रोफेसनल एजुकेशनस् लि.मा ३५.३२ प्रतिशत सेयर स्वामित्व रहने गरी ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ र युनिग्लोबल हाइयर सेक्टरी स्कुल काठमाडौँ लि। मा ४७.६२ प्रतिशत सेयर स्वामित्व रहने गरी १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ बराबरको सेयर खरिद गर्ने भएको हो ।
योसँगै दुई संस्थामा गरी नेपाल लाइफ इन्स्योरेन्सले कूल २ अर्ब ७ करोड ४५ लाख ७९ हजार २ सय रुपैयाँ बराबरको लगानी गर्ने भएको छ ।
युनिग्लोबल समूहमा लगानी गर्ने सम्बन्धमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएसँगै साउन ६ गते बसेको कम्पनी सञ्चालक समितिको ३८२ औँ बैठकले लगानीका लागि सहमति जुटाएको नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।
यता तीव्र लगानी विस्तार गरेको युनिग्लोबल ग्रुपले थप शैक्षिक गुणस्तर र सेवा विस्तारका लागि आईपीओमा जाने तयारी समेत रहेको जनाएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको कुरा बताए । शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्र प्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको बताए ।

उक्त सम्झौता कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरु जस्तैः– जीवन बीमा कोष, लगानी, दावी भुक्तानी, बीमितको संख्या र बजार हिस्साहरुका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सवैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको कुरा सहर्ष बताउदै कम्पनीले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरिएको कुरा बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जीवन बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेको र यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको बताए । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको पराजुलीले बताए ।
प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा।डा। खगेन्द्र प्रसाद ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको कुरा व्यक्त गरे । सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले जीवन बीमा क्षेत्रको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्याति प्राप्त संस्था एउटै बिन्दुमा उभिन सहयोग गर्नुहुने सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । यसका साथसाथै उनलेले जीवन बीमा र शिक्षाको उद्देश्य सुरक्षा र समृद्धि नै हो आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने कुरा बताए ।

































