National life

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६४ लाख २५ हजार रूपैयाँ दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ जेठ २०८०, सोमबार
804Shares
नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६४ लाख २५ हजार रूपैयाँ दाबी भुक्तानी
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रूपैयाँको दाबी भुक्तानी गरेको छ ।टीकापुर नगरपालिका १ कैलाली घर भएका बीमित नरबहादुर साउदको २०८० वैशाख १६ गते क्यान्सरका कारण निधन भएको थियो ।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले टीकापुरमा आयोजित एक कार्यक्रमकाबीच मृतककी श्रीमती ज्ञानुदेवी साउदलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानुदेवीलाई हस्तान्तरण गरेका हुन् ।स्व.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नरबहादुरले नेपाल लाइफ इन्स्योरेन्स टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते ५० लाख रूपैयाँ बीमाङ्कको जीवन बीमा योजना लिएका थिए ।

बीमाङ्क बापतको ५० लाख र बोनस बापतको १४ लाख २५ हजार रूपैयाँ गरी जम्मा ६४ लाख २५ हजार रूपैयाँ उनकी श्रीमती ज्ञानुदेवीलाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार कागजात प्राप्त भएको पाँच दिन भित्रै दाबी रकम भुक्तानी गरिएको हो ।दाबी प्रक्रियालाई चुस्त, दुरुस्त र छिटोछरितो बनाउन कम्पनीले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कम्पनीका सीईओ पराजुलीले बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
804SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?