काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिज (ब्रोकर नं.२००लाई निलम्बन गरेको छ।
नेप्सेले तोकिएको समयावधि भित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै सिप्लालाई ३ कार्य दिनका लागि निलम्बन गरेको जनाएको छ ।
सीडीएस एण्ड क्लियरिङ सिप्ला सेक्युरिटिजलाई कारबाही गर्न भन्दै कात्तिक २३ गते नेप्सेलाई पत्राचार गरेको थियो ।
सोही सिफारिसको आधारमा नेप्सेले सिप्लालाई ३ कार्य दिनका लागि निलम्बन गरेको हो ।
यो निलम्बन तिहार बिदापछि खुल्ने कारोबार दिनमा लागू हुने जनाइएको छ ।


































