काठमाडौँ । यस साताको अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । लगातार २ दिनसम्म ओरालो लागेको बजारमा आज कारोबार साताको अन्तिम दिन सुधार देखिएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले बढेर २७४८.७८ बिन्दुमा कायम भएको छ।
यसदिन सात उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९३ प्रतिशतले शेयर मूल्य बढेको छ। आर्थिक गतिविधि बढाउन र लगानी प्रवाहलाई सहज बनाउन बैंकहरूले ब्याजदर घटाएका छन्, जसका कारण शेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्दो छ।
केन्द्रीय बैंकले हालसालै जारी गरेका नीति–निर्देशनहरू पनि क्रमिक रूपमा बजारलाई सहयोग पु¥याउने खालका छन् । बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा सरकारले नीतिनियमहरू लाई खुकुलो पार्दै आएको छ, जसको सकारात्मक प्रभाव बिस्तारै सेयर बजारमा देखिन थालेको छ।
https://aarthikvoice.com/archives/48807
कारोबारका साथमा सूचकको पनि वृद्धिले बजारमा माग पक्ष थप बलियो बनेको अनुमान गर्न सकिन्छ। यद्यपि, बजार माथि जाँदा पनि पटक पटक साना–ठुला करेक्सनको भने सामना गर्नैपर्ने हुन्छ । पछिल्ला दिनहरुमा केही करेक्सनका बाबजुत पनि नेप्सेले क्रमशः माथितिरकै रेखाहरु कोर्दै गएको देखिन्छ । ३ हजार पुगेपछि २४ सयको लेबलसम्म झरेको नेप्से फेरि सुस्तसुस्त ढंगले माथितिर लागिरहेको छ । अहिले नेप्से २७ सयको लेबलमा आएको छ ।
आम लगानीकर्ताले अपेक्षा गरेजस्तो बुल आउनका लागि बजारमा लगानीकर्ताको सङ्ख्या थपिनुपर्छ । बिक्रेताभन्दा क्रेताको सङ्ख्या बढी हुन आवश्यक छ । यसैगरी, आम लगानीकर्तामा सेयर बिक्रीभन्दा पनि होल्ड गर्ने प्रवृत्ति देखिनुपर्छ । नेप्सेले गति लिन थालेसँगै सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान पनि बजारप्रति सकारात्मक हुँदै जान थालेको छ । यसअघि बजार ३ हजारको तहमा पुगिसकेको छ ।
https://aarthikvoice.com/archives/48663
उक्त विन्दुबाट बजार करेक्सन भइसकेकाले अब पुनः सूचकले गति लिने र यसअघिका रेकर्डहरु ब्रेक गर्दै जानेमा लगानीकर्ताहरू विश्वस्त रहेको अनुमान गरिएको छ । आज बजारमा वृद्धि हुँदा गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अपर हेवाखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
































