काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । आज कम्पनीको कुल ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर सूचीकृत गरेको हो ।
सूचीकृत भएसँगै अब कम्पनीको सेयर चैत २५ गते सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ।
नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबारका लागि नेप्सले न्यूनतम १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँँ ओपनिङ रेन्ज तोकेको छ।
यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। नेप्सेले कम्पनीको सेयर कारोबारका लागि एनएमआइसी संकेत प्रदान गरेको छ ।

































