National life

नेप्सेमा सामान्य गिरावट, नयाँ वर्ष २०८२ मा नेप्से बढ्ने आशामा लगानीकर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
487Shares
नेप्सेमा सामान्य गिरावट, नयाँ वर्ष २०८२ मा नेप्से बढ्ने आशामा लगानीकर्ता
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) घटेर बन्द भएको छ । आज नेप्से ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा पुगेको छ ।

Royal Enfield
nic asia capital

आज सेन्सेटिभ इन्डेक्स भने ०.९ प्रतिशतले बढेर ४४६.४४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटाकम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६ अर्ब २८ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबै समुह घटेका छन्। आज लगानी समूह १.८४ प्रतिशतले बढेर १११.३८ विन्दुमा पुगेको छ ।

यस्तै आज होटल समूह ०.२६, म्युचुअल फण्ड ०.२७ र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेको छ ।

आज व्यापार समूह १.६९ प्रतिशतले घट्यो । बैंकिङ समूह ०.२६ प्रतिशत,विकास बैंक ०.७१,फाइनान्स ०।९८,हाईड्रो ०.४३,जीवन बीमा ०.५७,उत्पादन तथा प्रशोधन ०.८९,लघुवित्त ०.१५ र अन्य समूह १ प्रतिशतले घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?