National life

नेप्सेमा सामान्य गिरावट, कारोबार २.४५ अर्बमा सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०४ जेठ २०८३, सोमबार
1.6kShares
नेप्सेमा सामान्य गिरावट, कारोबार २.४५ अर्बमा सीमित
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचकमा झिनो गिरावट देखिँदा समग्र कारोबार भने सन्तुलित रहेको छ।

सोमबार नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कारोबारका क्रममा कुल ५८ लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ११९ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १८ कम्पनी स्थिर रहेका छन्।

कारोबार रकमका आधारमा साहस ऊर्जा शीर्ष स्थानमा रह्यो। कम्पनीको ८४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको ७३ करोड ४८ लाख, एसवाई प्यानलको ७१ करोड ३१ लाख, अपि पावरको ६१ करोड ६५ लाख र शिवम् सिमेन्टको ५७ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?