काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८.४४ अंकले घटेर २ हजार ९६४.२० विन्दुमा अडिएको छ ।
आज नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा कम्पनीको को ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबै समुह घट्न पुग्यो । व्यापार समूह आज सर्वाधिक बढ्यो । यो समूह आज १.२९ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८८ र म्युचुअल फण्ड समूह ०.५४ प्रतिशतले बढ्यो ।
आज फाइनान्स समूहमा ठुलो अंकले गिरावट आयो । फाइनान्स समूह २.२२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ सर्मूह ०.९१ प्रतिशत, होटल १.९१, हाईड्रो १.३३, लगानी १.९२, जीवन बीमा १.५५, लघुवित्त ०.१८, निर्जीवन ०.७४ र अन्य ०.९६ प्रतिशतले घट्यो ।
यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १ अर्ब २ करोड बढीको सेयर कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ८८ करोड ९ण् लाख, नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख, कालिका पावरको ८४ करोड ६५ लाख र ग्रीन भेन्चर कम्पनीको ७६ करोड ६ लाख बढीको सेयर कारोबार भयो ।


































