National life

नेप्से परिसूचकमा सामान्य सुधार, दैनिक औषत कारोबार रकममा २६.८३ % को वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ माघ २०८१, शनिबार
589Shares
नेप्से परिसूचकमा सामान्य सुधार, दैनिक औषत कारोबार रकममा २६.८३ % को वृद्धि
ncell

काठमाडौँ । यस साता नेप्से परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । गत साता २६५४.३५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१३ प्रतिशत अर्थात् ३.४२ अंक बढेर २६५७.७७ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस साता भएको ३ कारोबार दिनमध्ये १ कारोबार दिन नेप्से बढेको हो भने २ कारोबार दिन नेप्से घटेको थियो। साताको अन्तिम कारोबार दिन मंगलबार नेप्से सामान्य बढेर बन्द भएको छ ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब १५ करोडको शेयर किनबेच भएको छ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २६.८३ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २३.४६ प्रतिशत बढेको छ । यस साता फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स २.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक घटेको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.१५ प्रतिशत बढेको छ।

१३ उपसमूहमध्ये यस साता ७ उपसमूहको परिसूचक घटेको छ। भने ६ उपसमूहको परिसूचक बढेको छ । यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ५.४६ प्रतिशत बढेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ।

यस साता नेप्सेमा २८ लाख ७६ हजार ३०३.०३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता रु रु जलविद्युत परियोजना र नेशनल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर र माहुली लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत भएको हो। यस साता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २९.८५ प्रतिशत बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?