National life

नेप्से परिसूचक २८२१.१३ अंकमा ओर्लियो: नाफा बुक गर्ने हाबी, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ फागुन २०८१, बुधबार
712Shares
नेप्से परिसूचक २८२१.१३ अंकमा ओर्लियो: नाफा बुक गर्ने हाबी, कारोबार कति ?
ncell

काठमाडौं। साताको चौथो कारोबारका दिन पनि शेयर बजार ओरालो लागेको छ । यो सँगै लगातार तीन दिनदेखि नेप्से परिसूचकमा गिरावट आएको हो ।

छोटो अवधिमा तीव्र वृद्धि भएको नेप्सेमा स्वाभाविक करेक्सन आएको हो, र नाफा बुक गर्नेहरुको होडबाजिको कारण बजारमा प्रभाव पर्न गएको जानकारहरुको भनाई छ । यसअघि लगातार नौ कार्य दिनसम्म बजार उकालो लागेको थियो, जसले नेप्सेलाई करिब २१२ अंकले माथि बढाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधबार नेप्से सूचक २५.१६ विन्दुले घटेर २८२१.१३ अंकमा आएको छ। आज ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ट्रेडिङबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । ३ वटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज बैकिङ समूहको १.०४ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको १.३१ प्रतिशतले शेयर मूल्य घटेको छ । बजार घटेको बेला धेरैजसो लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा रहनुले कारोबार रकम समेत प्रभावित भएको छ ।

बजार घटेको बेला किन्ने र बढ्दा बेच्ने सामान्य नियम भए पनि व्यवहारमा भने अधिकांशले बढ्दो बजारमा नै सेयर खरिद गर्ने गरेको पाइन्छ । यसकारण पनि नेप्से घट्दा कारोबार रकमसमेत कम हुन जान्छ ।

यो समाचार शेयर गर्नुहोस्
712SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?