National life

नेप्से सहजै २८०० को विन्दुमा, ११ अर्ब ३९ करोडको कारोबार, लगानीकर्ता उत्साहित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
655Shares
नेप्से सहजै २८०० को विन्दुमा, ११ अर्ब ३९ करोडको कारोबार, लगानीकर्ता उत्साहित
ncell

काठमाडौँ यस साताको अन्तिम कारोबारका दिन आज शेयर बजारमा चमक आएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएसँगै बजारले लय समाएको हो ।

राष्ट्र बैंकले समीक्षामा नीतिगत व्यवस्थाहरू यथावत् राख्दा बैंक तथा वित्तीय संस्थाहरूको आय वृद्धिका लागि केही लचिलो निर्णयहरू गरेका कारण लगानीकर्तामा उत्साह जगाएको छ ।

आज नेप्सेले २७८० को खुड्किलो सजिलै पार गरेको छ। बिहीबार बजार ४९.१५ विन्दुले बढेपछि नेप्से सहजै २८१५.०४ अंकमा आइपुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिहीबार नेप्से सूचकले २,८०० को अर्को मनोवैज्ञानिक रेखालाई पार गरेको छ ।

आज ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोडको कारोबार भएको छ । ५ वटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने सुचीकृत सबै समूहका सूचक बढेका छन् । त्यसमध्येमा पनि वाणिज्य बैंक समूह सबैभन्दा बढी ३.३२ प्रतिशतले बढेको छ ।

बिहीबारको वृद्धिसँगै अब सेयर बजार थप उचाइमा पुग्ने विश्लेषणहरू हुन थालेका छन् । करेक्सन हुँदै बजारले माथिल्ला रेखाहरू तय गर्न सक्ने जानकारहरूको भनाई छ ।

आज बैंकिङ समूहको ३.३२ प्रतिशत, विकास बैंक समूहको १.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१२ प्रतिशतसहित १३ वटै समूहको शेयर मूल्य बढेको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत बैंक–वित्तीय संस्थाको मुनाफा वृद्धि गर्न सहयोग पुग्ने व्यवस्था गरिएको छ । असल कर्जाबापत गर्नुपर्ने प्रोभिजन दर घटाइएको छ ।

नयाँ व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको हो । यसअघि यस्तो दर १.१० प्रतिशत थियो । यस प्रावधानले बैंक तथा वित्तीय संस्थाहरूको नाफा बढाउन सहयोग पुर्‍याउनेछ ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?