National life

नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ७ अर्ब बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
773Shares
नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ७ अर्ब बढीको कारोबार
ncell

काठमाडौँ । साताको पहिलो कोराकारका दिन शेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । यो सँगै नेप्सेमा लगातार तेस्रो दिन हरियाली आएको छ ।

लगातार गिरावटपछि बजारले पुनः स्थिरता लिने संकेत दिएको छ, जसले लगानीकर्ताहरूलाई नयाँ उत्साह प्रदान गरेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अकंले बढेर २६९३.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१२ बिन्दुमा बन्द भएको छ ।

आज ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यसदिन १२ वटा उपसूचक हरियाली भएका छन्।

त्यस्तै, आज बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको ०.९३ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४८ प्रतिशतले शेयर मूल्य बढेको छ।

आम लगानीकर्ताको निराशा र त्रासलाई चिर्दै आइतबार बजारले सकारात्मक सन्देश दिएको हो। यस अगाडिका गिरावट र साइडवेज प्रवृत्तिलाई पनि समाप्त गरेर नेप्से अघि बढ्ने प्रयासमा रहेको देखिएको छ ।

विशेषगरी राजावादी आन्दोलनमा हिंसा भड्किएपछि लगानीकर्ता त्रसित भएका थिए। तर आइतबारको बजार ट्रेन्ड हेर्दा नेप्से आफ्नै स्वाभाविक लयमा लागेको देखिन्छ। अब नेप्से आफ्नै स्वाभाविक र नियमित ट्रेन्ड अनुसार अघि बढ्ने सम्भावना देखाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
773SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?