National life

नेप्से सूचक फेरि २७५१ को बिन्दुमा ओर्लियो, कारोबार ८ अर्बमा सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
634Shares
नेप्से सूचक फेरि २७५१ को बिन्दुमा ओर्लियो, कारोबार ८ अर्बमा सीमित
ncell

काठमाडौं । सेयर बजार आएको लगातार गिरावटले आजपनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २०.६८ विन्दुले घटेर २७५१.४२ अंकमा अडिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज आज ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको शेयर कारोबार भएको हो । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.७३ प्रतिशत, फाइनान्स समूहको ०.७० प्रतिशत, होटल तथा पर्र्यटन समूहको ०.९९ प्रतिशतसहित १२ वटै उपसूचक घटेका छन् ।

केही करेक्सनका बाबजुत नेप्सेले माथिल्ला उचाईहरु चुम्ने लगानीकर्ताको भनाई छ । अब विस्तारै करेक्सन चरण पूरा हुन लागेको उनीहरुको भनाई छ। त्यसो त सेयर बजारमा उतारचढाव आइरहन्छ । तर समग्र ट्रेन्ड अहिले बुलिस छ । बजार वृद्धिका लागि धेरै कुराहरुले सपोर्ट गरिरहेको देखिन्छ ।

यसअघि कसिएका नीतिनियमहरु खुकुलो पार्दै लगिएको अवस्था छ । अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएका छन् । सूचीकृत कम्पनीहरुले पनि अब क्रमशः मुनाफा बढाउँदै लैजान सक्ने आधारहरु बलियो बन्दै गएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?