National life

नेप्से सूचक २७ सयको बिन्दुमा: १० अर्ब बढीको कारोबार, १० उपसूचक हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ फागुन २०८१, सोमबार
713Shares
नेप्से सूचक २७ सयको बिन्दुमा: १० अर्ब बढीको कारोबार, १० उपसूचक हरियाली
ncell

काठमाडौं । दैनिक रुपमा गिरावट आएको पुँजी बजारमा आज दोहोरो अंकको रौनक आएको छ। हाल बैंकको ब्याजदर न्यून विन्दुमा आएसँगै कर्जा प्रवाहमा समेत बृद्धि आएको छ। बैंकबाट कर्जा लिएर शेयरमा लगानी गर्नेहरुको संख्या बढ्दै गइरहेकोका कारण शेयर बजार लयमा आउने जानकारहरुको भनाई छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८७ अकंले बढेर २७२७.९१ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

साथै आज, १० उपसूचकमा हरियाली आएको छ। आज फाइनान्स समूहको ०.८४ प्रतिशत, हाइड्रोपावर समूहको ०.१५ प्रतिशत र व्यापार समूहको १.२७ प्रतिशतले शेयर मूल्य घटेको छ । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो सेक्टर रहेका बैंकिङ सेक्टर २.१६ प्रतिशतले बढेको छ ।

त्यस्तै विकास बैंक ०.३३, होटल तथा पर्यटन २.२९, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन ०.७७, माइक्रोफाइनान्स २.४५, निर्जीवन बीमा १.०७ र अन्य समूह २.४७ प्रतिशत बढेको हो ।

समग्रमा ठूला कम्पनी अघि बढ्दा बजारले सकारात्मक बाटो समाउन सकेको हो । दोहोरो अंकले बढेपछि नेप्से सूचक २७ सयको मनोवैज्ञानिक विन्दुमाथि उक्लिएको छ। यसअघि पनि पटकपटक बजार २७ सयको लेबलमा आउँदै त्यसपछि तल झर्ने गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
713SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?