काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा पाँच दिने भ्रमणका लागि भारत जाने भएकी छन् । उनी भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमणमा जाने भएकी हुन् ।
उनी नेतृत्वको प्रतिनिधिमण्डललाई भारत भ्रमणमा जान बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले अन्य दुई मन्त्रीको विदेश भ्रमण पनि स्वीकृत गरेको छ ।
आगामी असोज ९ र १० गते उज्बेकिस्तानको समर खण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौँ वार्षिक बैठकमा सहभागी हुन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ ।
त्यस लगत्तै भदौ ७ देखि ९ गतेसम्म भारतमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय धर्मधम्मा सम्मेलनमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको हो।


































