काठमाडौँ। साताको अन्तिम कारोबारका दिन शेयर बजारमा रौनक छाएको छ । पछिल्लो केही समयदेखि बजारमा आएको रौनक अझै कायम रहेको छ । लगानीकर्ताको मनोबल समेत बलियो हुँदै गएको कारण बजारले निरन्तर उचाइ कायम गरेको छ ।
साताको अन्तिम दिन कारोबार रकम हालसम्मकै उच्च भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ४३.०५ अकंले बढेर ३०००.८१ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार आठ उपसूचकमा हरियाली आएको छ । उक्त दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जीको सेयरमा सकरात्मक सर्किट लाएको छ । यसदिन बैंकिङ समूहको ५.६५ प्रतिशत, विकास बैंक समूहको १.२८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३२ प्रतिशत, हाइड्रोपावर समूहको ०.७९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

































