National life

पहिलो दुई महिनामै वाणिज्य बैंकहरुको नाफा साढे १७ अर्ब बढी, कसले कति कमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ कात्तिक २०८१, आइतबार
900Shares
पहिलो दुई महिनामै वाणिज्य बैंकहरुको नाफा साढे १७ अर्ब बढी, कसले कति कमाए ?
ncell

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार साउन र भदौ महिनामा मात्रै २० वटा वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । जुन गत वर्षको तुलनामा ६.३ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको यस्तो नाफा १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ मात्रै रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांकका अनुसार नविल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । नविल बैकले यो दुई महिनाको अवधिमा १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नाफाकै आधारमा दोस्रो स्थानमा भने ग्लोबल आइएमई बैंक देखिएको छ । ग्लोबल आइएमईले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।

यस्तै तेस्रो स्थानमा रहेको एनआइएमबि बैंकले भने समिक्षा अवधिमा १ अर्ब ४१ करोड २८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।

चौंथो स्थानमा रहेको हिमालयन बैंकले पनि दुई महिनाको अवधिमा १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउदा पाँचौं स्थानमा फड्को मारेको कुमारी बैंकले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकासले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, एनएमबि बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख, एनआइसी एशिया ५७ करोड ७५ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
900SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?