National life

पाँच महिनामै २५ अर्ब बढी तलबभत्ता, बैंकहरूको कर्मचारी खर्च ६.८२% बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०८ माघ २०८२, बिहिबार
1.1kShares
पाँच महिनामै २५ अर्ब बढी तलबभत्ता, बैंकहरूको कर्मचारी खर्च ६.८२% बढ्यो
ncell

काठमाडौं। वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मंसिरसम्म) कर्मचारीको तलबभत्ता शीर्षकमा करिब २५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले मंसिर मसान्तसम्म कुल २५ अर्ब ४ करोड १५ लाख रुपैयाँ कर्मचारी खर्चमा व्यय गरेका हुन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले कर्मचारी तलबभत्तामा २३ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ खर्च गरेका थिए। यस आधारमा चालु आर्थिक वर्षमा बैंकहरूको कर्मचारी खर्च ६.८२ प्रतिशतले वृद्धि भएको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा कर्मचारीको तलबभत्तामा सबैभन्दा धेरै खर्च गर्ने बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा रहेको छ। चालु आर्थिक वर्षको मंसिरसम्म उक्त बैंकले कर्मचारी तलबभत्तामा १ अर्ब ९७ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खर्च १ अर्ब ८४ करोड १६ लाख रुपैयाँ रहेकोमा यस वर्ष ७.४५ प्रतिशतले वृद्धि भएको हो।

कर्मचारी खर्चको आधारमा दोस्रो स्थानमा नबिल बैंक रहेको छ। नबिल बैंकले मंसिरसम्म १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ कर्मचारी तलबभत्तामा खर्च गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ६० करोड २० लाख रुपैयाँको तुलनामा ९.१६ प्रतिशतले बढी हो। तेस्रो धेरै कर्मचारी खर्च गर्ने बैंक ग्लोबल आइएमई बैंक बनेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको मंसिरसम्म १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ खर्च गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कर्मचारी खर्च ११.३२ प्रतिशतले वृद्धि भई १ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

कर्मचारी तलबभत्तामा खर्च वृद्धिदरको हिसाबले भने एनएमबि बैंक अग्रस्थानमा देखिएको छ। अघिल्लो वर्ष मंसिरसम्म ९२ करोड ३९ लाख रुपैयाँ खर्च गरेको एनएमबि बैंकले चालु आर्थिक वर्षमा उक्त खर्च बढाएर १ अर्ब ३० करोड ८४ लाख रुपैयाँ पुर्‍याएको छ। यसले ४१.६३ प्रतिशतको उल्लेखनीय वृद्धि जनाउँछ।

यता, समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सबैभन्दा कम खर्च गर्ने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। बैंकले मंसिरसम्म ४१ करोड ५४ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४५ करोड ७६ लाख रुपैयाँ खर्च गरेको यस बैंकको कर्मचारी तलबभत्ता खर्च चालु आर्थिक वर्षमा ९.२३ प्रतिशतले घटेको देखिन्छ।




यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?