National life
cg eloctronics

पाल्पाका सहकारी संचालकहरुलाई निर्जीवन बीमा सम्बन्धि सचेतना कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०७ जेठ २०८३, बिहिबार
3.7kShares
पाल्पाका सहकारी संचालकहरुलाई निर्जीवन बीमा सम्बन्धि सचेतना कार्यक्रम
muktinatha bikash bank

पाल्पा । सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना र सुशासन सम्बन्धी कार्यक्रम आइतबार तानसेनमा सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा भएको कार्यक्रममा जिल्लाभरिका सहकारीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु र व्यवस्थापकको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सहकारीका शेयर सदस्यको बचत सुरक्षण को लागि बीमा गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी परिसर, बजारमा संकलन गरेको रकम र सहकारी कार्यालयबाट बैंकसम्म जाँदा हुने लुटपाट वा हराउने खतरालाई मध्यनजर गरेर बीमा गर्न सकिने उहाँले बताउनुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सगरमाथा लुम्बिनी इन्स्योरेन्स लुम्बिनी प्रमुख विश्वदीप नेपालले सहकारीको रकमको कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।रात्रि बासको जोखिम, कार्यालय मै गएर तोडफोड गरेर रकम चोरी गर्ने, थर्काएर नगद कब्जा गर्ने जस्ता घटना हुने क्षतिका लागि बीमा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स तानसेन शाखाका प्रमुख करुणा काफ्ले र रामपुर शाखा प्रमुख डोल प्रसाद श्रेष्ठ कृषि पशु पंक्षि तथा जडिबुटी बीमाका बारेमा सहजीकरण गर्नुभएको थियो ।

everest bank

सचिव कृष्ण भट्टराई सहकारी संघका अध्यक्ष भूपति पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न सहकारीका संचालक समितिका पदाधिकारी र व्यवस्थापक गरी उल्लेख्य सहभागिता रहेको थियो । संघका उपाध्यक्ष कृष्ण प्रसाद भुसालले स्वागत गर्नुभएको कार्यक्रममा सचिव कृष्ण भट्टराईले संचालन गर्नुभएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
3.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?