National life

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १८ लाख बढीको हात खाली, यसरी हेर्नुस् नतिजा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ वैशाख २०८२, बिहिबार
634Shares
पियोर इनर्जीको आईपीओ बाँडफाँट: १८ लाख बढीको हात खाली, यसरी हेर्नुस् नतिजा
ncell

काठमाडौं । पियोर इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका आज बिहान ८ः३० बजे नारायणचौर, नक्सालस्थित आफ्नै कार्यालयमा बाँडफाँट भएको हो ।

यसमा जम्मा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकोमा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको छ। रीतपूर्वक आवेदन दिएकामध्ये १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन भने बाँकीको हात रित्तो भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस पटक पियोर इनर्जीको आइपीओ अत्यधिक माग परेको थियो । कुल माग १९.२८ गुणा बढी रहेकाले बाँडफाँट गोलाप्रथाबाट गरिएको हो । यसमा १९ लाख ३६ हजार ५३ जनाले आवेदन दिँदा, जम्मा १ लाख १९ हजार ५२० जनाले मात्र सेयर प्राप्त गरेका छन् । बाँकी १८ लाख १६ हजार ५३३ जनाको हात खाली भएको छ ।

पियोर इनर्जीले चैत २८ देखि वैशाख २ गतेसम्म प्रतिकित्ता रू १०० का दरमा ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो, जसको कुल मूल्य रु ११ करोड ९५ लाख २० हजार थियो।

                            नतिजा हेर्न

सीडीएस एण्ड क्लियरिङको वेबसाइटः https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइटः https://result.nabilinvest.com.np/search/ipo-share

मेरो शेयरः https://meroshare.cdsc.com.np/#/login

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?