National life

पूँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमत्रै बनाउने सरकारको प्रतिबद्धता, कर नीति स्थिर गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०२ वैशाख २०८३, बुधबार
1.6kShares
पूँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमत्रै बनाउने सरकारको प्रतिबद्धता, कर नीति स्थिर गरिने
ncell

काठमाडौं। सरकारले पूँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमत्रै बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संसदमा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय राजनीतिक दलका घोषणापत्रहरुलाई समेटर सार्वजनिक गरेको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदामा उक्त विषय उल्लेख गरिएको छ ।

सरकारले आर्थिक क्षेत्रमा स्थायित्व र सुधार बुँदा नं. १ मा पूँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने विषय समावेश गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका साथै पूँजीबजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाइने समेत सरकारले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।

लगानीकर्ताको लगानी सुरक्षित गरिने र संस्थागत लगानीकर्ताको विस्तार, प्रोत्साहन र सहजीकरण गरिने र पूँजीबजार कर नीति स्थिर र लगानीमैत्री हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?