National life

पूर्वराजाको फिर्ती सवारी: दुई पाङ्ग्रे सवारी प्रवेशमा रोक, आफन्त छोड्न गएकाहरू गेटबाटै फिर्ता 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ फागुन २०८१, आइतबार
576Shares
पूर्वराजाको फिर्ती सवारी: दुई पाङ्ग्रे सवारी प्रवेशमा रोक, आफन्त छोड्न गएकाहरू गेटबाटै फिर्ता 
ncell

काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाहकाको फिर्ती सवारी हुने भएपछि सुरक्षालाई ख्याल गर्दै दुई पाङ्ग्रे तथा अत्यावश्यक बाहेकका सबै सवारी विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।

पूर्व राजाका समर्थकहरूको प्रदर्शनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय प्रवेशमा कडाइ गरिएको हो । प्रदर्शनकारीको भिडमा कारण विमानस्थलदेखि तीन कुने र चाबहिल आसपाससम्म गाडी चल्न सकेको छैन । अत्यधिक जामको कारण वैकल्पिक बाटो अपनाउन प्रहरीले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विदेश जाने यात्रुको हकमा टिकट भएको यात्रुलाई मात्रै प्रवेश दिइएको छ । भने आफन्त छोड्न गएका नागरिकलाई गेट बाहिरबाटै फिर्ता गरिएको छ । चक्रपथसँगै जोडिएको विमानस्थलको मुख्य गेट ९गोल्डेन गेट०मा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । उनीहरूले सोधपुछ र चेकजाँचपछि मात्रै आवश्यक सवारीलाई प्रवेश गर्न दिएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह पोखराको एक हप्ता बसाइँपछि आज हवाई मार्ग हुँदै काठमाडौँ आउँदै छन् । उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र राजावादी विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् ।

उनीहरूले राष्ट्रिय झण्डा र ज्ञानेन्द्र शाहको फोटो भएको ब्यानर समेत बोकेका छन् । पूर्व राजा शाहको स्वागतका लागि भनेर भेला हुनेहरूको भिड बढ्दै गएपछि सवारी आवागमन पनि प्रभावित भएको छ ।

राजावादीहरु सडकमा उत्रिएपछि काठमाडौँको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?