National life

पूर्व गभर्नर अधिकारीको सुनचाँदी मात्रै ९ लाख बढीको थप, कुल सम्पत्ति कतिले बढ्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
678Shares
पूर्व गभर्नर अधिकारीको सुनचाँदी मात्रै ९ लाख बढीको थप, कुल सम्पत्ति कतिले बढ्यो ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति ५ वर्षको अवधिमा साढे २३ लाख रुपैयाँले थपिएको छ । चैत २४ गतेबाट आफ्नो कार्यकाल सकिएको अधिकारीको गत शुक्रवार नै राष्ट्र बैंकमा एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको थियो।

पूर्व गभर्नर अधिकारीको बिदाइपछि केन्द्रीय बैंकले सार्वजनिक गरेको ५ वर्षे तुलनात्मक सम्पत्ति विवरण अनुसार अधिकारीको सम्पत्तिमा २३ लाख ४४ हजार ४१० रुपैयाँले वृद्धि भएको छ। सार्वजनिक विवरण अनुसार २०७६ साल चैतमा उनको कुल सम्पत्ति ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२०८१ साल चैतमा उनको कुल सम्पत्ति बढेर ३ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको छ ।

सार्वजनिक भएको यस विवरण कुल सम्पत्ति डलर खातामा रहेको पैसा बाहेकको रहेको राष्ट्रबैंकले उल्लेख गरेको छ। अधिकारीसँग २०७६ साल चैतसम्म ५ लाख ३ हजार रुपैयाँ बराबरको नगद, सुन र चाँदी रहेको थियो। २०८१ साल चैतसम्म आइपुग्दा बढेर ९ लाख ८८ हजार रुपैयाँ बराबरको नगद, सुन र चाँदी पुगेको छ। अधिकारीसँग ३२ लाख रुपैयाँको घर र १ करोड ८ लाख ५१ हजार रुपैयाँ मूल्यांकनको १० कित्ता जग्गा रहेको छ।

त्यस्तै, २०८१ साल चैतमा गभर्नर अधिकारीको सवारी साधनको १० लाख मूल्य १४ लाख ७७ हजार रुपैयाँ रहेको छ। २०७६ सालमा १४ लाख ७७ हजार रुपैयाँ रहेको थियो। २०८१ चैतसम्म वाणिज्य बैंकको अधिकारीको डलर खातामा २८ हजार ६०८ डलर रहेको छ । २०७६ चैतसम्म अधिकारीको डलर खातामा २ हजार ३०२ डलर रहेको थियो । पाँच वर्षको अवधिमा डलर खातामा २६ हजार ३०६ डलर थपिएको छ।

अधिकारीको २०८१ साल चैत बैंक मौज्दात तथा सञ्चय कोषमा २८ लाख ४ हजार २ सय रुपैयाँ रहेको छ । २०७६ चैतसम्म १३ लाख ८८ हजार ३ सय ६२ रुपैयाँ थियो । राष्ट्र बैंक ऐन, २०५८ को दफा ३२ को उपदफा (४) बमोजिम सार्वजनिक सेवा सम्हाल्ने उच्च पदस्थ अधिकारीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुरूप अधिकारीको विवरण सार्वजनिक गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?