National life

पूर्व राजाको स्वागतार्थ बढ्न थाल्यो भिडभाड, १४४६ जना प्रहरी थप, कस्तो छ सुरक्षा तयारी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ फागुन २०८१, आइतबार
623Shares
पूर्व राजाको स्वागतार्थ बढ्न थाल्यो भिडभाड, १४४६ जना प्रहरी थप, कस्तो छ सुरक्षा तयारी ?
ncell

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने र त्यही मौकामा राजावादीहरूले प्रदर्शन गर्ने तयारी थालेपछि काठमाडौँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

शाह विमानस्थलबाट निर्मल निवास फर्किने रुटमा सुरक्षा सतर्कता बढाइएको छ भने विमानस्थल आसपासमा समेत प्रहरीको संख्या र सुरक्षा बढाइएको छ । हवाई टिकट भएका यात्रु र कर्मचारीबाहेक अरूलाई विमानस्थल भित्र प्रवेश गर्न रोक लगाइएको छ।

प्रहरीले कुनै अवाञ्छित गतिविधि हुन नदिन सुरक्षाकर्मी परिचालन गर्दै निगरानी बढाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिएका छन् ।

आवागमन हुने दुवै विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ। पोखरा विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा कडाइ गरिएको छ। पूर्व राजा शाह पोखराबाट समिट एअरको चार्टर्ड उडानमार्फत दिउँसो साढे ३ बजे काठमाडौँ ९त्रिभुवन विमानस्थल० आइपुग्ने कार्यक्रम छ।

उनी त्रिभुवन विमानस्थलबाट निवास जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, दुर्गा प्रसाईँको समूहलगायत विभिन्न समूहले प्रदर्शन गर्ने तयारी गरेका छन्। उनीहरूले ठुलो संख्यामा भीड जम्मा गर्ने घोषणा गरेका छन् ।

उपत्यका प्रहरी कार्यालयले सुरक्षाका लागि थप १४४६ जना प्रहरी थप गरेको छ। यसअघि नियमित डिउटी गर्नेबाहेक विभिन्न गण तथा गुल्मबाट थप प्रहरी झिकाइएको हो ।

विमानस्थलको गेट भएर चल्ने सवारीसाधनलाई समेत अन्य रुटबाट चलाउने तयारी ट्राफिक प्रहरीले गरेको छ। त्यहाँको अवस्था हेरेर तीनकुनेदेखि गौशालासम्मको रुटमा चल्ने सवारीसाधनलाई बागमती किनारको रुटमा लगाउने तयारी रहेको ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।

‘अहिले नै त्यो अवस्था छैन। भिडभाड जम्मा हुन थालेका छन्। अवस्था हेरेर निर्णय गर्छौँ’, ‘भिडभाड बढी भएर बाटोमा ट्राफिक जाम हुन सक्छ। यही भीडमा झडपको सम्भावना पनि रहन्छ । भीड अनियन्त्रित भएर अप्रिय घटना हुन सक्ने, निषेधित क्षेत्र तोड्न सक्ने र भीड अनियन्त्रित भएर अवाञ्छित गतिविधि हुन सक्ने हुनसक्छ। यसकारण असहज परिस्थिति नबनोस् भनेर सुरक्षा सतर्कता बढाइएको कडा भएको हो उनले भने ।

सामाजिक संजाल र केही मिडियामा आएको जस्तो सुरुक्षा चुनौतीमा कुनै समस्या नभएको उनको भनाई छ। पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने तयारी भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा राजावादीहरूको उपस्थिति देखिन थालेको छ ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?