National life

पेट्रोल र ग्यासको मूल्य घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
593Shares
पेट्रोल र ग्यासको मूल्य घट्यो
ncell

काठमाडौं । भारतबाट पेट्रोल र ग्यासको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य घटेर आएको हो ।

त्यस्तै डिजेलको मूल्यमा भने केही बढेर आएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले डिजेलमा २ रुपैयाँ १६ पैसा बढेर आएको जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, मट्टितेलमा ५ पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ । त्यसबाहेक पेट्रोलको मूल्य भने ७ पैसा र एलपीजी ग्यास १६० रुपैयाँले घटेर आएको छ ।

एलपीजी ग्यासमा यसअघि १६० रुपैयाँ घाटा थियो ।

निगमले यदि हाल कायम गरेको मूल्यलाई स्थिर राखेमा आगामी १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा हुने अनुमान गरेको छ ।

निगमले हालै मात्रै आइओसीलाई दिनुपर्ने २४ अर्ब रुपैयाँ ऋण तिरेर ऋणमुक्त भएको छ । करिब १४ महिनापछि निगमले आइओसीको ऋण चुक्ता गरेको जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?