National life

पोलिसि सर्तसँगै अन्य आवश्यक कुरालाई बीमितले बेवास्ता गर्ने गरेको एक अध्ययनको निष्कर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ पुस २०८१, शुक्रबार
771Shares
पोलिसि सर्तसँगै अन्य आवश्यक कुरालाई बीमितले बेवास्ता गर्ने गरेको एक अध्ययनको निष्कर्ष
ncell

काठमाडौं । नेपालमा जारी गरिने गरेका अधिकांश बीमा पोलिसिको शर्तहरुका बारेमा बिमित स्वयम जानकार नहुने गरेको पाइएको छ । बीमितहरुलाई पोलिसि र वित्तीय साक्षरता क्षमताको विस्तृत जानकारी लिएर वा दिएर मात्र पोलिसी खरिद गर्नगराउनुपर्ने सुझाव बिज्ञहरुको छ ।

हालै मात्र प्रकाशित भएको अनुसन्धानकर्ताहरु डा. रविन्द्र घिमिरे तथा डा.
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुरेन्द्र घिमिरेले संयुक्त रुपमा तयार पारेको 'Awareness of Policyholders towards the Terms and Conditions of Life Insurance Policy' शिर्षकको एक अनुसन्धान प्रतिवेदनले बिमितलाई आफुले किन्न लागेको बीमा पोलिसिको बारेमा तथ्य र तथ्याङ्कहरू राम्ररी सम्झनको लागि नियमित परामर्श र सल्लाह आवश्यक हुने निष्कर्ष निकालेको छ ।

गण्डकी र बागमती प्रदेशका ४७४ बीमा पोलिसीधारकहरूलाई प्रश्नावलीहरू प्रयोग गरेर तथ्यांक संकलन गरिएको बैशाख देखि असार सम्म ३ महिना लगाएर तयार गरिएको उक्त अध्ययन प्रतिवेदनले ८८ प्रतिशत मानिसहरुलाई आफ्नो बीमा पोलिसिको शर्तहरुको बारेमा थाहा नपाएको देखाएको छ । उनीहरूले एजेन्ट वा आफन्तहरूमा भर पर्दै, नियम र सर्तहरू पढ्न बेवास्ता गरेको पाइएको हो ।

यस्तै बीमा रकमका बारेमा पनि ७९ प्रतिशत बिमितहरु अनबिज्ञ रहेका उक्त अध्ययले देखाएको छ । जीवन बीमा एक दीर्घकालीन सम्झौता भएकोले बिमीत र बिमक दुबै पोलिसि शर्तहरुका बारेमा उतिक्कै जानकार र सचेत हुनुपर्छ भन्ने निष्कर्ष उक्त अध्ययन प्रतिवेदनको छ ।

करीव २ प्रतिशत पोलिसीधारकहरूले खरिद गरिएको वर्ष समेत सम्झन नसकेको यो प्रतिवेदनमा उल्लेख गरिएको छ । धेरैजसो बीमा पोलिसीधारकहरूको आफ्नो बीमा पोलिसी परिपक्वता अवधिको बारेमा अनभिज्ञ भेटिएका छन् भने, प्रिमियम छूट जस्ता सर्तहरूको सम्झना र पोलिसीधारकहरूको उमेर र शिक्षा बीचको सम्बन्ध निकै कमजोर देखिएको डा. घिमिरेको भनाई छ । तर कतिपय करारका शर्तहरुमा शिक्षाको स्तरको सहसम्बन्ध उल्लेखनीय रहेको छ ।

यस्तै बित्तीय सचेतनाको कमी भएका कारण नेपालको बीमा क्षेत्रमा ठगिने क्रम बढीरहेको उक्त प्रतिवेदनको निष्कर्ष छ । बीमितले सबै नियम र सर्तहरू राम्ररी पढेको छ भने, उसले धोका पाउने सम्भावना कम हुने भएकोले नेपालको हकमा पनि बीमा साक्षरता महत्वपुर्ण भएको अध्ययनको निष्कर्ष छ ।

जीवन बीमा पोलिसिहरु बेच्दा कम्पनीहरुले अभिकर्ताको छनोट र उनीहरुलाई दिने तालिममा पनि बिशेष ध्यान दिनुपर्ने आवश्यक्ता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै अभिकर्ताहरुलाई इजाजतपत्र जारी गर्दा नियामकले संचार कौशल, बीमा ज्ञान र पोलिसि सर्तहरूको स्पष्ट ज्ञान भएकाहरुलाई मात्र जारी गर्नुपर्ने उक्त अध्ययनले देखाएको छ ।

बिमितमा बीमा साक्षरता र पोलिसि नीतिहरुकै अनबिज्ञताका कारण नेपालको बीमा क्षेत्रमा पोलिसि सरेण्डर अर्थात पोलिसि परिपक्क नहुदै त्याग्ने क्रम बढ्नेजस्ता समस्या देखिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै जीवन बीमा पोलिसी खरिद गर्नु अघि, ग्राहकहरूलाई नियम र सर्तहरूको बारेमा कुनै जानकारी नभए पनि उनीहरुलाई त्यसको बारेमा जान्ने अवसरहरूको अध्ययन गर्नुपर्छ भन्ने कुरा यो अध्ययनले स्पष्ट पार्न खोजेको छ ।

बिमितहरुले पोलिसिका सर्त, फाइदा, प्रीमियम रकम, भुक्तानी मिति, आदिलाई बेवास्ता गर्ने गरेको अध्ययनका क्रममा पाइएको बीमाबिज्ञ तथा लेखक रवीन्द्र घिमिरेले बताएका छन् ।

बीमितहरुले पोलिसि नीतिहरुलाई सम्झन असहज महसुस गर्ने र बीमाले वहन गर्ने विभिन्न अवस्थाहरुका साथै अन्य महत्त्वपुर्ण जानकारीहरूलाई बेवास्ता गर्ने भएकोले बीमामा असंगति बढेको यो अध्धयन प्रतिवेदनमा उल्लेख गरिएको छ । बीमितहरू पूर्णतया परामर्शदाता वा एजेन्ट वा बीमाकर्ताका कर्मचारी वा साथीहरूले दिएको सामान्य सुझावका आधारमा पोलिसि खरीद गर्नेभएकोले नीतिनियम र सर्तहरूलाई बुझ्न र सम्झन नसकेको अध्ययनको क्रममा पाइएको छ ।

बीमितकहरूको मानसिक अवस्था र बीमाबीचको सम्बन्धको जाँच गर्ने मुख्य उद्देश्य रहेको यो अनुसन्धानले बिमितहरुले गर्ने पोलिसिहरुको विशेषताहरूको सम्झना, पोलिसिमा राखिएको मूल्य, उमेर तथा शिक्षाको स्तरसँग उनीहरूको ज्ञानलाई समावेश गर्न खोजेको छ ।

यस्तै बीमा पोलिसीमा राखिएका करारका शर्तहरुको सहसम्बन्ध, बीमा पोलिसीधारकहरूको स्मरण क्षमता र उनीहरुको उमेर र शिक्षाको स्तरको सम्वन्ध कस्तो छ भन्ने कुराको जानकारी यो प्रतिवेदनले दिन खोजेको छ ।

बीमाकर्ताहरूले आफ्नो बीमा उत्पादनहरूसँग पोलिसीधारकहरूको जागरूकता र संलग्नता बढाउन राम्रो शिक्षा र सञ्चार रणनीतिहरू लागू गर्नुपर्ने आवश्यकतालाई यो अध्ययनले जोड दिएको छ

 

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?