काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
नेप्सेले आज एक सूचना प्रकाशित गर्दै ठूला लगानीकर्ताको अनुशरण गरेर सेयर कारोवार गर्दा सावधानी अपनाउन भनेको हो ।
ठूला लगानीकर्ता वा अनुभवी लगानीकर्ताले गर्ने कारोबारको नक्कल गर्दा जोखिम वहन गर्ने क्षमता, अनुभव र स्रोत अनुसार उसले अपनाउने लगानी रणनीति आफ्ना लागि उपयुक्त हो कि होइन विचार गर्नुपर्ने जनाएको छ ।
पछिल्लो समय सेयर बजारमा कहलिएका र ठूला लगानीकर्ताको पछि लाग्दा आम लगानीकर्ताको लगानी जोखिममा पर्न थालेसँगै नेप्सेले लगानीकर्तालाई यस्तो सूचना जारी गरेको हो ।


































