National life

प्रधानमन्त्रीको संसद सम्बोधन स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
449Shares
प्रधानमन्त्रीको संसद सम्बोधन स्थगित
ncell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज संसदमा हुने भनिएको सम्बोधन स्थगित गरिएको छ।

बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको थियो । त्यहाँ प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। तर प्रमुख दलका शीर्ष नेताहरूको अनुपस्थितिका कारण उक्त सम्बोधन स्थगित भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा थाइल्याण्डमा रहेका छन् । यस्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखामा छन्।

शीर्ष नेताहरू अनुपस्थित हुने भएपछि आजको बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?