National life

प्रधानमन्त्री ओली र देउवाको भेटवार्ता पश्चात गभर्नर छनोट सिफारिस समितिले बोलायो बैठक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ जेठ २०८२, मङ्गलबार
1.1kShares
प्रधानमन्त्री ओली र  देउवाको भेटवार्ता पश्चात गभर्नर छनोट सिफारिस समितिले बोलायो बैठक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै गएसँगै सरकारको तीव्र रूपमा आलोचना चुलिएको छ । गभर्नर रिक्त रहेको दुई महिना हुन लाग्दा समेत सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गरेसँगै सरकार माथि नैतिकताको प्रश्न खडा भएको छ ।

गभर्नर छनोट सिफारिस समितिको बैठक आजसम्म समेत बस्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आज भेटवार्ता भएसँगै सरकारले गठन गरेको सिफारिस समितिको बैठक आज बस्ने भएको छ ।

Royal Enfield
nic asia capital

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको समितिको बैठक आज अपराह्न सिंहदरबारमा बस्ने भएको हो ।अहिले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति रहेको छ । गभर्नर बन्ने तरखरमा सिफारिस नेपाली कांग्रेसको तर्फबाट समितिका सदस्य डा.विश्व पौडेलले नै वैशाख २६ गते राजीनामा दिएर बसेका छन् ।

प्रधानमन्त्री ओली र  देउवाबिच सोमबार साझ नै भेट्ने समय तय भएको भए पनि अन्तिम समयमा

आएर स्थगित भएको थियो।भेट नभएपछि मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?