National life

जम्बो टीमसहित प्रधानमन्त्री ओली असोज ५ गते अमेरिका भ्रमण जाँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
595Shares
जम्बो टीमसहित प्रधानमन्त्री ओली असोज ५ गते अमेरिका भ्रमण जाँदै
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा सेप्टेम्बर १० देखि २८ सम्म भाग लिन जान स्वीकृति दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री नियुक्त भएको २ महिना पछि ओली अमेरिका जान लागेका हुन्। आफ्नै सरकार ढालेर कांग्रेससँगको गठबन्धनबाट प्रधानमन्त्री ओली यही असोज ५ गते अमेरिका प्रस्थान गर्ने सचिवालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनी असोज १५ गते स्वदेश फर्किने कार्यतालिका छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने ओलीको भ्रमणलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ।  न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोलीलाई स्वीकृत दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

ओली राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ सम्म हुने महासभालाई सम्बोधन गर्नेछन्।  त्यस्तै, समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बरमा हुने तय भएको छ। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?