National life

प्रभु लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले लिइन् सपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० जेठ २०८०, मङ्गलबार
1.2kShares
प्रभु लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले लिइन् सपथ
ncell

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनले शपथ ग्रहण गरेकी छिन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भट्टचनले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुुन् ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मतरुपमा सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचनलाई चयन गरेको हो ।

नेपाल बीमा प्राधिकरणको कार्यालयमा भएको सपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको यहि जेठ २६ गते शुक्रबार बसेको कम्पनीको पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन लगायत मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?