National life

फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको २ खर्ब बढी निक्षेप संकलन, कर्जा प्रवाह कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ चैत २०८१, सोमबार
664Shares
फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको २ खर्ब बढी निक्षेप संकलन, कर्जा प्रवाह कति ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरूले २ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

नेपाल बैकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङक अनुसार निक्षेप साढे ५ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशत वृद्धि भएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकहरूको निक्षेप ४.९० प्रतिशतले बढेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा बैंकहरूले २ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। फागुन महिनामा मात्रै वाणिज्य बैंकहरूले २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको उक्त तथ्यांकमा उल्लेख छ ।

गत वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा लगानी ६.१२ प्रतिशतले बढेको संघ जनाएको छ । यस अवधिमा बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७९.२९ प्रतिशत रहेको छ।

२० वाणिज्य बैंकहरूमा सर्वसाधारणको ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ।

यस अवधिसम्म वाणिज्य बैंकहरूले कुल ४८ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। फागुनमा मात्रै २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत माघमा पनि १२ अर्ब कर्जा प्रवाह गरेका थिए।

                                                                       निक्षेप संकलन कुन बैंकको कति रु (रकम अर्बमा)

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?