National life

बजारमा झिनो अंकको सुधार: ८ उपसूचकमा हरियाली, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
781Shares
बजारमा झिनो अंकको सुधार: ८ उपसूचकमा हरियाली, कारोबार कति ?
ncell

काठमाडौँ । लगातार ओरालो लयमा रहेको शेयर बजारमा सामान्य सुधार देखिएको छ ।

राजनीतिक अस्थिरता र सरकार परिवर्तनको चर्चाको कारण प्रभाव परेको शेयर बजारमा आज झिनो अंकको सुधार देखिएको छ ।

बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको र अर्थतन्त्रका सबै सूचक समेत सकारात्मक बन्दै गएको अवस्थामा समेत लगानीकर्ताको मनोबलमा सरकार परिवर्तनको प्रभाव परेको देखिएको छ ।

नेप्से २.९५ अकंले बढेर २६३३.८७ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ ।

आज ८ उपसूचकमा हरियाली देखिएको छ। बैंकिङ समूहको ०.१७ प्रतिशत, फाइनान्स समूहको ०.८७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१८ प्रतिशतले शेयर मूल्य बढेको छ । बजारमा सुधार आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

आज सबैभन्दा बढी जानकी फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड २४ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै, नेपाल फाइनान्सको १५ करोड ८ लाख ११ हजार रुपैयाँ, रिभर फल्स पावरको १२ करोड ४५ लाख ३५ हजार रुपैंया, बेष्ट फाइनान्सको १० करोड ४ लाख ८४ हजार रुपैयाँ कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
781SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?