National life

बजार बढ्ने मात्रै हैन, रेकर्ड नै तोड्छ भन्नेमा शंका छैन: शेयर गुरु भट्टराई

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
491Shares
बजार बढ्ने मात्रै हैन, रेकर्ड नै तोड्छ भन्नेमा शंका छैन: शेयर गुरु भट्टराई
ncell

काठमाडौं। लामो समय गिरावट आएको शेयर बजारमा मंगलवार फराकिलो अंकको साथमा सुधार आएको छ । लामो समयसम्म निराशा छाएको बजारले दशैंको मुखमै आएर उछाल आउनुले लगानीकर्तामा हौसला थप गरेको देखिएको छ । देश प्राकृतिक विपत्तिको सामना गरिरहेको समयमा शेयर बजारको कारोबार बढ्नुले लगानीकर्तामा उत्साह पैदा गरेको छ ।

शेयर बजारको बढोत्तरी कति दीर्घकालीन हुन्छ ? बजारको आगामी यात्रा कस्तो रहला ? लगायतका प्रश्न आर्थिक भ्वाइस का सम्पादक बिजय फुयाँलले शेयर गुरु सुवास चन्द्र भट्टराईलाई सोधेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रस्तुत छ शेयर विश्लेषक भट्टराईको धारणा ।

पहिलो कुरा यो शेयर बजार हो , यसले ३२ सयको इन्डेक्स पार गर्नका लागि शक्ति सञ्चय गरेको मान्न सकिन्छ । म आफैलेपनि दैनिक रूपमा आएको ओरालो यात्राको कारण ३२ सयको साईकोलोजी रेखा तोड्दैन भन्ने अनुमान गरेको थिए। त्यो मिल्यो पनि तर अबको शक्ति संचयले ३२ सयको रेखा तोड्छ भन्नेमा म विश्वस्त छु ।

बजारको आकलन र तथ्यहरूको विश्लेषण गर्ने हो भने ३०५० वा ३१५० भन्दा माथि नै जान्छ भन्ने मेरो ठम्याइ हो । तर ३२ सय नतोडीकन फेरी २६ सय २७ सयमा आएपछि भने त्यो रेकर्ड तोड्ला की भन्ने अनुमान मैले गरेको छु। यो मेरो पहिलो अनुमान हो। मेरो दोस्रो अनुमान भनेको बजार अहिले नै वा दशैँतिहारको बिचतिर पनि यहीँ २७,२८ सयको अनुपातमा रह्यो भने कार्तिकमा मानिटरी पोलिसी रिभ्यु आउँदा बजारले कम्तीमा पनि ३२ सयको रेखा तोडेर जान्छ भन्ने मैले नियालेको छु ।

हुन त हामी बुल चक्रमै छौ तर यसमा ३२ सय कहिले तोड्छ भन्ने अनुमान मात्रै हामीले गर्न सकेका छैनौ। अस्ति बजारमा जुन किसिमको बढोत्तरी आयो त्यसलाई पहिलो र्‍याली भन्नुपर्छ, अहिले जाने र्‍याली सेकेण्ड र्‍याली मान्नुपर्छ। ५ चोटि १८ अथवा २२ सय गरेको हुनाले पनि यहाँ ३२ सय पुग्न पनि एक या दुई चोटिमै नपर्ला भन्ने मेरो अनुमान हो ।

तर आज बजारले जुन किसिमको लय समाएको छ यसलाई हेर्दा र यही रफ्तारमा गयो भने कम्तीमा पनि ४ या ५ चोटि सम्ममा भने ३२ सयको बिन्दुलाइ तोड्छ कि भन्ने मेरो बुझाइ हो । नेपाली समाजमा एउटा उदाहरण नै छ  ३ पल्ट हान्यो भने राँगो नै छिन्छ भनेर त्यसकारण तेस्रो पटकको प्रयासमा त्यो रेकर्ड जरुरी तोडिन्छ भन्नेमा म विश्वास राख्दछु ।

पहिलो त्रौमासको रिर्पोटले पनि बैंक तथा वित्तीय संस्थाले लिड गर्न थाल्छ भन्ने अर्को एउटा अनुमान हो । त्यो अनुमान माथि जाँदाजाँदै यो पल्टको बोनस अझै राम्रो घोषणा गर्न सक्यो भने माघ ७ गते भन्दा अगाडी नै बजारले बुलको यात्रा गर्छ भन्ने लागेको छ । त्यसपछि जरुर ३२ सय बढी जान्छ भन्ने अनुमान पछि छ ।

अस्ति जुन किसिमको गिरावट वा करेक्सन आयो त्यसलाई नमज्जाकै करेक्सन भन्नुपर्छ भन्ने मलाइ लाग्दैन आम मान्छेले नबुझेको मात्रै हो । ४-५ चोटि खेलिसकेपछि ३२ सयको एउटै र्‍यालीले तोड्छ भन्नु हाम्रो मूर्खता नै हुन्छ ।  त्यसकारणले ३२ सय छुन वा जानु अगाडी बजारले करेक्सन लिन्छ भन्ने हो। करेक्सनमा २० प्रतिशतले करेक्सन हुनु भनेको हेल्दी करेक्सन नै मान्न सकिन्छ।

बढेको मार्केटमा ५० प्रतिशतसम्मको करेक्सन वा टोटल परिसूचकको २० प्रतिशत करेक्सन त्यसलाई छोएर गएको बजार हो।  फेरी पनि एउटा र्‍याली जान्छ। यो र्‍याली ले फेरी फ्याट नतोड्ला भनेर भन्छु म, यदि अव तोड्ने वेलामा संस्थागत तर्फको १५ करोड क्याप खुल्यो भने त तोड्छ नै । यदि खुलेन भने पनि तोड्न त तोड्छ  तर अलिकति समय लिएर जान्छ कि भन्ने विषय हो ।

यदि होल्ड गर्ने मान्छे र अलिकति बजारलाई हेरिराख्छु, बजारलाई प्रिडिक्स गर्छु भन्ने मान्छेले एक दुई वर्षमा राम्रै गर्छ । तर अलिकति धैर्य भने गर्नुपर्छ । समग्रमा बजार बढ्ने यात्रामा छ यसको सबै सूचकहरू राम्रो छ । बजार घट्नलाइृ अब ठाउँ बाकी छैन त्यसकारण लगानीकर्ताले धैर्यता कायम गर्दै बजारको बढ्दो यात्राको स्वाद लिन तयार हुनुपर्छ भन्ने मेरो बुझाइ छ।

यो समाचार शेयर गर्नुहोस्
491SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?