कठमाडौं । सुनचाँदी ब्यवसायीहरुको छाता संस्था ‘नेपाल सुनचाँदी ब्यवसायी महासंघ’ले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट बक्तब्यमा सरकारले गरेका घोषणा प्रति असन्तुष्टि जनाएको छ । महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको आकस्मिक पदाधिकारी बैठकले बजेटले सुनचाँदी सम्वन्धी गरेको नयाँ ब्यवस्था प्रति असन्तुष्टि जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको निश्कर्ष निकालेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले गत सोमवार संसदमा सार्वजनिक गरेको बजेटमा सुनचाँदी कारोबार सम्वन्धी विद्यमान ब्यवस्थामा संशोधन गर्दै नयाँ र अब्यवहारिक नीति समावेश गरेको भन्दै ब्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।
सरकारको यो निर्णयले अनौपचारिक क्षेत्र हावी हुन गई सरकारी राजस्वमा समेत अशर पर्नसक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
महासंघको बैठकले सरकारले यो निर्णय नसच्च्याएमा विभिन्न निकायमा ज्ञापन पत्र वुझाउने र त्यसवाट पनि समस्याको समाधान नभए आन्दोलनका कार्यक्रम घोषणागर्न बाध्य हुने अवस्थाा आउनेसक्ने तर्फ सम्वद्ध निकायको ध्यानाकर्षण समेत गराएको महासंघका प्रवक्ता मनोज साहले बताए ।
हालसम्म नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ । बजेट बक्तब्य अनुसार अवदेखि सुन र चाँदी दुवैमा १५ प्रतिशत भन्सार र थप २ प्रतिशत विलासिता कर लाग्ने ब्यवस्था भएको छ ।


































