काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलबिच भेटवार्ता भएको छ । आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर अर्थमन्त्री विष्णु पौडेलले भेटवार्ता गरेका हुन् ।
उक्त भेटवार्तामा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रचण्डसँग छलफल गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गरेको सरकारले जेठ १५ गते बजेट ल्याउने गृहकार्यमा जुटेको छ । यस क्रममा अर्थमन्त्री पौडेलले विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल अगाडि बढाएका छन्।






































