National life

बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१५ चैत २०८२, आइतबार
1.3kShares
बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप
ncell

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा जारी प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ ।

माइतीघर–बबरमहल क्षेत्र केहीबेरदेखि तनावग्रस्त बनेको छ भने अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेको बताइएको छ ।

यसअघि पनि सोही क्षेत्रमा एमाले समर्थकहरू प्रदर्शनमा उत्रिएका थिए । पार्टीका विभिन्न जनवर्गीय संगठनहरूले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमन भएको आरोप लाग्दै आएको छ ।

उक्त आन्दोलनको समयमा ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । अहिले ओली र लेखक दुवै पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम सुरु गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?