National life

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०१ फागुन २०८२, शुक्रबार
1.1kShares
बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन
ncell

काठमाडौँ ।  नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आज बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टर पुगेर परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै स्थलगत अवलोकन गरेका छन् ।

एक वर्षअघि सुरु भएको दुई तल्ले भवनको पहिलो तल्लाको ढलान कार्यक्रम आज तय गरिएको छ। अवलोकनका क्रममा चौधरीले परियोजनाको महत्व औंल्याउँदै सम्बन्धित निर्माण पक्षलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चिसापानी अस्पताल परिसरमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना आगामी असोज २३ गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस अवसरमा चौधरीले भने, “बर्दघाट–चिसापानीमा निर्माण भइरहेको यो ट्रमा सेन्टर केवल एउटा भवन होइन, यो जनताको जीवन बचाउने आशाको केन्द्र हो। पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेले अब समयमै उपचार पाउनेछन्। मैले निर्वाचनका बेला गरेको वाचा अनुसार यस क्षेत्रको स्वास्थ्य पूर्वाधारलाई सुदृढ बनाउने प्रतिबद्धताका साथ यो काम अघि बढिरहेको छ र तोकिएको समयमै सम्पन्न गर्न म स्वयं निरन्तर अनुगमनमा रहनेछु।”

बर्दघाट नगरपालिकाका मेयर शम्भु लाल श्रेष्ठका अनुसार निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरले यस क्षेत्रको स्वास्थ्य सेवामा ठूलो टेवा पुर्याउनेछ। निर्माणाधीन यस ट्रमा सेन्टरले पूर्व–पश्चिम राजमार्गको नवलपरासी–बुटवल खण्डमा हुने सवारी दुर्घटनाका पीडितलाई तत्काल ट्रमा उपचार उपलब्ध गराउनुका साथै स्थानीय तहका आकस्मिक बिरामीलाई सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

निर्वाचन वाचा अनुसार गौरवको आयोजनाका रूपमा अघि बढाइएको यस परियोजनापछि नवलपरासीबासीमा उत्साह र सकारात्मक अपेक्षा बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?