काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।
कम्पनीले १ः१ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको छ ।
कात्तिक २१ गते बुक क्लोज गरिसकेको कम्पनीले हकप्रद सेयरका बिक्री प्रबन्धकको रुपमा रहेको एनआइएमबि क्यापिटलका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यस्तै धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ ।

































