National life

बाँसबारी छालाजुत्ता जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीमाथि छानविन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ चैत २०८०, बिहिबार
664Shares
बाँसबारी छालाजुत्ता जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीमाथि छानविन
ncell

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता जग्गा हिनामिना प्रकरणमा प्रतिनिधि सभा सदस्य विनोद चौधरीमाथि छानविन भइरहेको बताएको छ । सीआईबीले प्रतिनिधि सभाका सभामुखलाई पत्र लेख्दै प्रतिनिधि सभा सदस्य चौधरीमाथि भइरहेको अनुसन्धानबारे जानकारी गराएको हो ।

‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ,’– सीआईबीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलेलाई लेखेको पत्रमा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाँसबारी छाला जुत्ता कारखाना लि को दस रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको गरी ठगी भएको सीआईबीले बताएको छ ।

यसअघि सोही प्रकरणमा विनोदका भाइ अरुण पक्राउ परेका थिए । उनलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । विनोदका भाइ अरुणमाथि पनि उक्त जग्गा प्रकरणमा छानविन भइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?