National life

बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न ताकेता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ साउन २०८२, शुक्रबार
384Shares
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न ताकेता
ncell

काठमाडौं । समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरूलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती प्रदेश सरकारले ताकेता गरेको छ ।

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले आज सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न भनेको हो ।

ती सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघिसम्मको ऋण तिर्न ऋणीहरुलाई भनिएको हो । सिभिल २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते तथा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।

Royal Enfield
nic asia capital

ती सहकारी संस्थाका ऋणीहरुले भदौ ३१ गतेभित्र पनि ऋण नबुझाएमा साँवा, ब्याज र हर्जानासमेत गणना गरी ऋण असुल गर्ने र ऋण असुली सम्बन्धी आवश्यक कानुनी काबारहीको प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

ऋणीहरूलाई सावाँ र ब्याज तिर्न यसअघि पटकपटक भनिए पनि सम्पर्कमा नआएको भन्दै समितिले आज राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
384SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?